श्रावण २६, २०८३ मंगलबार August 11, 2026

नेपाल टेलिकमको ‘होली अफर’, ६९ रुपैयाँमा अनलिमिटेड डाटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ ।

यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा तीन दिन र दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।

*१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यो सुविधा खरिद गर्न सकिन्छ ।

फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यो अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया