असोज १४, २०८३ बुधबार September 30, 2026

रुसलाई लगाए ७ हजार एपले प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः रुसले युक्रेनमा आक्रमण सुरु गरेको तीन साता पुगेको छ । यसबीचमा रुसले धेरै नकारात्मक कुरा सामना गरिरहेको छ । गत २४ फेब्रुअरीदेखि आजका मितिसम्म रुस करिब सात हजार एपबाट प्रतिबन्धित भएको छ ।

युक्रेनमा रुसले गरेको आक्रमण अशोभनीय भएको भन्दै यी एपका कम्पनीले रुसमा आफ्नो एप नचल्ने बनाएका हुन् । ती एप रूसमा करिब २२ करोड पटक डाउनलोड भइसकेका थिए ।

रुस-युक्रेन आक्रमणपछि यसरी एपबाट प्रतिबन्धित हुने देशमा रुस मात्र एक होइन । रुसको छिमेकी देश बेलारुस र एल्लीले आक्रमण सुरु भएयता करिब ६ हजार एप गुमाइसकेका छन् ।

फेब्रुअरी १ देखि १४ सम्ममा गुमेका ३,४१८ एपको तुलनामा यसपाली ती देशले गुमाएका एपको सङ्ख्या ७३ प्रतिशतले बढेको छ ।

त्यससँगै रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाउँदा अमेरिका लगायत केही प्रमुख देशले रुसलाई विश्व अर्थतन्त्रबाट अलग बनाएका छन् । त्यस्तै केही ठूला कम्पनीहरू जस्तै म्याकडोनाल्ड, एप्पल, मिक्रोसफ्ट, डिज्नी, आईकेया, एच एण्ड एम, एडिडास र स्टारबस्कले रूससँग व्यापार गर्न बन्द गरेका छन् ।

विश्वव्यापी भुक्तानीका माध्यम भिजा, मास्टरकार्ड, अमेक्स लगायतका एपले व्यापार ठप्प गरेका छन् । रुसले आक्रमण थालेपछि केही स्पोर्ट्स एप एनएफएल, एनबीए, डब्लुडब्लुई र युरोस्पोर्ट्सजस्ता एपहरू रुसी एप स्टोरबाट हराएका चन् ।

स्वास्थ्यसँग सम्बन्धित केही एपहरू माइफिटनेस पल, काइजर, पर्मानेन्टे र योगासँग सम्बन्धित एपहरू रुसी एप स्टोरबाट हराएका छन् ।

यीमध्ये रुसमा माइफिटनेस पल सबैभन्दा प्रख्यात थियतो । सो एप प्ले स्टोर र एपस्टोरबाट रुसमा ४.३ मिलियन पटक इन्स्टल भएको थियो ।

मोबाइल गेमिङका केही प्रख्यात एपले पनि रुसलाई प्रतिबन्ध लगाएका छन् । रुसलाई प्रतिबन्ध लगाउने एपहरूमध्ये मोबाइल गेमिङ सर्वाधिक एपहरू पहिलो अङ्कमा आँउछन् ।

स्ट्रिमिङ एप नेटफिलिक्सले वाचा गरे अनुसार केही दिनमा आफ्नो एप रुसबाट हटाउने भएको छ । यति मात्र नभई केही डेटिङ एप जस्तै बम्बल र बाडोले पनि रुसबाट बिदा लिएका छन् ।

बम्बलको प्यारेन्ट कम्पनीका अनुसार २०२१ मा रुस, युक्रेन र बेलारुसबाट मात्र वार्षिक कम्पनीले कुल आम्दानीको २.८ प्रतिशत कमाएको थियो । -टेकपााना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार