काठमाडौंः मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)को योजना अनु्सार परियोजना लागू गराउन थालेको जनाएको छ । एमसीएले मंगलबार गोरखापत्र राष्ट्रिय दैनिकमा एक सूचना जारी गर्दै नुवाकोटको रातमाटेमा सबस्टेसन बनाउन खरिद गरेको जग्गाका धनीलाई घरजग्गा खाली गराउन ३५ दिनको सूचना जारी गरेको छ ।
एमसीएले उक्त जग्गामा घेराबारा गरेर आयोजना कार्यान्वयनका लागि पूर्वतयारीको काम थाल्ने जारी सूचनामा उल्लेख गरेको छ । नुवाकोटको रातमाटेमा एमसीसी परियोजनाका लागि एमसीएले ३८५ रोपनी जग्गा १ अर्ब ३५ करोड रुपैयाँमा खरिद गरेको छ ।
सूचनाको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया