काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ।
शनिबार बिहान साढे १० बजेदेखि तीन नेताहरुबीच बालुवाटारमा छलफल भएको विषय नखुलाइएको भए पनि तीन नेताहरुबीच सभामुख र उपसभामुखको निर्वाचनको विषयका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। सभापति देउवाका सहयोग भानु देउवाले तीन नेताहरुबीचको बैठक सम्पन्न भएको र समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन।
दुई दलबीच केही समय अगाडि द्वन्द्कालीन मुद्दा टुंग्याउने विषयमा सहमति भए पनि सभामुखका उम्मेदवार अग्निप्रसाद सापकोटाविरुद्ध शुक्रबार मुद्दा दर्ता भएको थियो। बैठकमा यो विषयमा पनि छलफल भएको स्रोतले बतायो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया