काठमाण्डौंः संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध भने कायम राख्ने अमेरिकी विशेष दूत रोबर्ट मालीले आइतबार बताएका छन् ।
इरानले रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई अमेरिकी आतङ्कवादी सूचीबाट हटाउने पुनर्जीवित आणविक सम्झौताको हिस्सा भएकोमा जोड दिएको जनाइएको छ।
तर इरानका लागि अमेरिकी राजदूत मालेले कतारको राजधानी दोहामा भएको सम्मेलनमा भने : ‘आईआरजीसीलाई अमेरिकी कानुन अनुसार प्रतिबन्ध लगाइनेछ र आईआरजीसी प्रतिको हाम्रो धारणा कायम रहनेछ।’ रासस /एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया