असोज १४, २०८३ बुधबार September 30, 2026

तपाईंको मोबाइलमा टेलिकमको फोरजी चल्छ कि चल्दैन ? यसरी पत्ता लगाउनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः टेलिकमले दुई फरक ब्याण्डमार्फत देशभर फोरजी सेवा विस्तार गरिरहेको भएतापनि उक्त फोरजी सेवा तपाईंको मोबाइलमा चल्छ, चल्दैन भन्ने विषय तपाईंको मोबाइलमा निर्भर रहन्छ ।

किनभने यदि तपाईंको मोबाइलले यी दुईमध्ये कुनै पनि ब्याण्डलाई सर्पोट गर्दैन भने तपाईंको मोबाइलमा टेलिकमको फोरजी चल्दैन । तर, यदि यी दुईमध्ये कुनै एक ब्याण्ड तपाईंको मोबाइलले सपोर्ट गर्छ भने जुन ब्याण्ड सपोर्ट गर्छ, सोही ब्याण्डमा तपाईंले फोरजी चलाउन सक्नुहुनेछ ।

त्यसैले तपाईंको मोबाइलले कुन ब्याण्ड सपोर्ट गर्छ वा गर्दैन भन्ने विषय महत्वपूर्ण हुन्छ । यो विषयमा तपाईंले मोबाइल किन्दा नै मोबाइलका बक्सको बाहिर दिइएको जानकारीमा पनि यो विषय उल्लेख गरिएको हुन्छ ।

पछिल्लो सयमा बजारमा भित्रिएका धेरैजसो मोबाइल सेटले त दुवै ब्याण्ड सपोर्ट गर्छन् । तर, त्यसमा पनि कतिपय मोबाइल सेटले कुनै एकमात्र ब्याण्डमात्र पनि सपोर्ट गर्नसक्ने हुन्छ । भने, कुनैले गर्दै नगर्ने पनि हुनसक्छ ।

त्यसैले यहाँ हामी तपाईंलाई नेपाल टेलिकमकै साइटबाट आफ्नो मोबाइलले फोरजी सपोर्ट गर्छ, गर्दैन भन्ने विषयमा जानकारी दिँदैछौं । तर, त्यसका लागि सबैभन्दा महत्वपूर्ण विषय तपाईंको मोबाइलको आईएमईआई नम्बर भने आवश्यक पर्छ ।

मोबाइलको आईएमईआई नम्बर तपाईंले मोबाइलको बक्समा अथवा मोबाइलको पछाडि भागमा अथवा ब्याट्रीमा पनि टाँसिएको हुनसक्छ । यदि यी तीनै विकल्प भएन भने पनि तपाईंले आफ्नो मोबाइलको आईएमईआई नम्बर भने हेर्न सक्नुहुनेछ ।

त्यसका लागि तपाईंले फोनमा *#06# डायल गर्नुहोस् । यसपछि तपाईंले त्यहाँ तपाईंको मोबाइलको आईएमईआई नम्बर देख्नुहुनेछ । अब मोबाइलमा फोरजी ब्याण्ड चल्छ/चल्दैन भनेर जाँच गर्नुहोस् । यहाँ क्लिक गर्नुहोस् । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार