असोज १४, २०८३ बुधबार September 30, 2026

फोटोशप सिक्न चाहनेका लागि ५ दिने निःशुल्क अनलाइन तालिम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फोटोशप कला सिक्न चाहनेका लागि आउँदो महिना ५ दिनसम्म निःशुल्क अनलाइन तालिम हुने भएको छ ।

आगामी मे २ देखि ६ (वैशाख १९ देखि २३) सम्म हुने फोटोशप भर्चुअल समिट ४ मा अन्तर्राष्ट्रिय विज्ञबाट अनलाइनबाटै नि:शुल्क फाेटाेशप तालिम दिइने भएकाे छ ।

हरेक वर्ष आयोजना हुँदै आएको यो समिटलाई एडोबीले प्रायोजन गरेको छ । दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक डेभ क्रसको अग्रसरतामा यसअघि तीनवटा भर्चुअल समिट सम्पन्न भइसकेको छ ।

चौंथो संस्करणको भर्चुअल समिटमा पाँच दिनमा २० प्रशिक्षक र कुल ४० अनलाइन क्लास हुनेछ ।

प्रशिक्षक क्रसका अनुसार हरेक एक घण्टा नयाँ टपिकमा कक्षा सञ्चालन हुनेछ । हरेक दिनकाे कक्षा ४८ घण्टासम्म अनलाइनमा निःशुल्क हेर्न सकिन्छ ।

भीआईपी पास लिएका सदस्यहरुले कुनै पनि समयमा फोटोशपको कक्षा हेर्न र डाउनलोड गर्न पाउने छन् ।

उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोशप प्रयोगकर्ता सहभागी हुन मिल्ने बताइएकाे छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार