असोज १४, २०८३ बुधबार September 30, 2026

दुई फरक कम्पनीका मोबाइल सेवा अब एउटै ई-सिममा लिन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गुगल हाल एन्ड्रोइड १३ का फिचरमा काम गरिरहेको छ । हालै बाहिरिएको एक खबर अनुसार एन्ड्रोइड १३ मा मल्टिपल इनेबल्ड प्रोफाइल (एमईपी) फिचर उपलब्ध हुने भएको छ ।

यो फिचर एउटै फोनमा दुईवटा सिम कार्ड प्रयोग गर्ने मानिसहरूका लागि गेम चेन्जर हुनसक्छ ।

यसअन्तर्गत एउटै ई-सिममा दुई फरक नेटवर्क (कम्पनी) को सेवा लिन सकिन्छ । प्रयोगकर्ताले चाहेअनुसार एकबाट अर्को नेटवर्कमा सजिलै स्विच गरी सेवा लिनसक्नेछन् ।

यो फिचरले विभिन्न नेटवर्कको सिमकार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई सहज हुने बताइएको छ । यसले मोबाइलको हार्डवेयरमा हुने लगानी पनि कम हुने बताइएको छ ।

यो फिचर सार्वजनिक भएसँगै मोबाइल कम्पनीहरूले सिमकार्ड स्लटलाई हटाएर ब्याट्रीको आकार बढाउन अथवा अन्य प्रयोगजनको लागि प्रयोग गर्न सक्छन् ।

हाल अधिकांश मोबाइल फोनमा फरक-फरक नेटवर्कको सिमकार्ड प्रयोग गर्न दुईवटा सीम प्रयोग गर्न मिल्ने सिमकार्ड ट्रे उपलब्ध गराइएको हुन्छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार