असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोना भाइरसको प्रकोप नेपालमा भयावह छैन, तैपनि सचेत छौं : पर्यटनमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा कोरोना भाइरसको भयावह अवस्था नहरेको बताएका छन् । भाइरसकै कारण नेपाल आउने पर्यटकले असुरक्षित नरहेको उल्लेख गर्दै उनले यसमा सरकार सचेत रहेको बताएका छन ।

मन्त्रालयले सोमबार पर्यटन र हवार्इ उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेको छ । छलफलमा नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश सरकारी तवरबाटै आउनुपर्ने माग निजी क्षेत्रका प्रतिनिधिले गरेका थिए । जवाफमा मन्त्री भट्टराईले नेपाल प्रकोपमा रहेको सन्देश नजाने तर पूर्ण तयारीमा रहेको सन्देश भने प्रवाह गर्न आग्रह गरेका छन । उनले विमानस्थल र सीमा नाकामा हुने चेकजाँचमा अत्याधुनिक उपकरण थप्न विमानस्थल तथा अन्य सरोकारवालालाई निर्देशन दिएका छन ।

अध्यागमन र विमानस्थलका विभिन्न निकायमा खटिने कर्मचारीलाई सुरक्षित रहने उपाय अपनाउन पनि उनले आग्रह गरेका छन । होटलहरुले बिरामी भेट्नासाथ अस्पताल पठाएर सहयोग गर्नुपर्ने उनले बताएका छन । चीनबाट आउने जहाजलार्इ अन्य यात्रुसँग सम्पर्क नहुने गरी व्यवस्थापन गर्न उनले विमानस्थललाई निर्देशन दिएका छन ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले एकै पटक ठूलो संख्यामा आएका पर्यटकको ज्वरो नाप्न सकिने गरी उपकरण जडान गरिएको बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार