कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

चुनावमा बालबालिका प्रयोग गर्नु गलत : मन्त्री रेग्मी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत भएको बताउनु भएको छ । मन्त्री रेग्मीले बिहीबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै बालबालिकालाई सानैदेखि राजनीतिक कुरा सिकाउन आवश्यक नभएको समेत बताउनुभयो ।

“राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत र गैरकानूनी कार्य हो । यसमा राजनीतिक पार्टी र उम्मेदवारले ध्यान दिनुपर्छ । सानैबाट बालबालिकालाई राजनीतिमा लगाउन आवश्यक छैन” मन्त्री रेग्मीले भन्नुभयो ।

बालबालिकालाई विद्यालय स्तरबाटै मनोवैज्ञानिक कुरा सिकाउन आवश्यक रहेको भन्दै मन्त्री रेग्मीले बालबालिका गलत बाटोमा जाँदा देश नै गलत बाटोमा जाने बताउनुभयो । बालबालिकालाई जन्मेदेखि ७ वर्षसम्म विशेष स्याहार आवश्यक रहेको बताउँदै बालगृहमा राख्दा मानसिक र शारीरिक रुपमा ठूलो असर पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले आमा बुबा र अभिभावक नभएका बालबालिकाको लागि बालगृहको स्थापना भएको भएपनि त्यो लागू हुन नसकेको बताउनुभयो । उहाँले खोज तलास, बालगृह र सुधार गृहको स्पष्ट परिभाषासँगै नीति बनाएर लागू पर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री रेग्मीले आफूले जिम्मेवारी समालेपछि नियमावली परिमार्जन गर्न पहल गरेको बताउँदै अब मन्त्रिपरिषद्बाट पारित हुने जानकारी समेत दिनुभयो । कर्मचारीतन्त्र असहयोग र बजेट अभावका कारण आफूले सोचेअनुसार ऐन, नियमको काम अगाडि नबढेको मन्त्री रेग्मीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार