कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

नेपाल र बङ्गलादेशबीच अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्न जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल र बङ्गलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितका विषयमा क्षेत्रीय मञ्च, संयुक्त राष्ट्रसङ्घ र विश्व व्यापार सङ्गठन जस्ता बहुपक्षीय मञ्चहरूको घनिष्ठ सहकार्यलाई थप अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुई देशले व्यापार, पर्यटन, ऊर्जा र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य र साझेदारीलाई आगामी दिनमा अझ प्रभावकारीका साथ विस्तार गर्नुपर्ने बताउनुभयो । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापन भएदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उहाँले द्विपक्षीय विकासका समान एजेण्डा रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्री डा खड्काले नेपालको अपार सम्भावना रहेको जलविद्युत् क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकारलाई आह्वान गर्नुभयो । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दीन नमन चौधरीले नेपालले बङ्गलादेशलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा प्रारम्भिक मान्यता दिएको उल्लेख गर्दै त्यसपछि कूटनीतिक सम्बन्ध स्थापना भई दुवै देशबीचको घनिष्ठ मित्रता कायम रहिरहेको बताउनुभयो ।

उहाँले दुई देशबीच विद्युत् विकास र विस्तारमा जोड दिदै पारस्परिक सहयोग र सहकार्यबाट व्यापार, लगानी, कनेक्टिभिटीमा अभिवृद्धि गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार