जेठ ६, २०८१ आइतबार May 19, 2024

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी नियुक्त गरेको हो।

यसअघिका आईजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण यही चैत २८ गते अनिवार्य अवकाश पाएपछि एआईजी केसीलाई आईजीपी नियुक्त गरिएको हो।

आईजीपीको दौडमा एआईजी केसी र रामशरण पौडेल थिए। उनीहरू दुवैले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन्। वैशाख १९ पछि सशस्त्र प्रहरीमा फेरि नयाँ आईजीपी नियुक्ति हुनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया