जेठ ६, २०८१ आइतबार May 19, 2024

गठबन्धन सरकारले चुनाव सार्ने षडयन्त्र गरे जनताबाट प्रतिवाद हुन्छ : पूर्वमन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्व संचार एवं सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ५ दलीय गठबन्धन सरकारले स्थानीय तहका चुनाव सार्ने षडयन्त्र गरे अब जनताले प्रतिवाद गर्ने बताएका छन् ।

विश्व खवरको पाँचौं वार्षिक उत्सवको अवसरमा काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा आयोजित कार्यक्रममा पूर्वमन्त्री गुरुङले स्थानीय चुनाव निर्धारित मितिभन्दा एक दिन पनि तलमाथि गरे गठबन्धन दलले ठूलो मुल्य चुकाउनु पर्ने बताएका हुन् ।

सरकारले स्थानीय तहको चुनाव विधि र पद्धतिभन्दा पनि सत्ता र शक्तिको दुरुपयोग गरेर कसरी जित्ने भनेर मात्र ध्यानकेन्द्रित गरेको उनले आरोप लगाए ।

पछिल्लो समय गठबन्धन सरकारको नालायकताको नमुना नै देशमा बढ्दो आर्थिक संकट भएको उनको आरोप छ ।

५ दलिय गठबन्धनले एमालेलाई हराउन जति मोर्चाबन्दी गरेपनि सचेत नेपाली जनताले ओली नेतृत्व सरकारले गरेको कामको मुल्याङकन गरेको र त्यसको नतिजा राम्रै आउने उनको दावी गरे ।

‘परमआदेशको सरकार पहिला जनतालाई मुल्यवद्धिले आकाश छोएको छ । धेरै नेपाली जनताको घरमा चुलो बल्न नसक्ने अवस्था छ। त्यसको ध्यान दिउँ नियुक्तिको भागबन्डा त्यसपछि गर्नु,’ उनले भने ।

भरत दुलाल र सीता अधिकारी उत्कृष्ट जनप्रतिनिधीबाट सम्मानित विश्व खवर मिडिया प्रालीले आफ्नो ५ औं वार्षिक उत्सबको अवसरमा उत्कृष्ट जनप्रतिनिधीलाई सम्मान गरेको छ ।

शैलुङ गाउँपालिका दोलखाका अध्यक्ष भरत दुलाल र कालिका गाउँपालिका, रसुवाकी अध्यक्ष सीताकुमारी (पौडेल) अधिकारीलाई सम्मान गरेको हो ।

विकास, समृद्धि र सुशासनका क्षेत्रमा चालेका कदम अन्य पालिकाहरुका लागि पनि अनुकरणीय रहेको छ । पहिलो स्थानीय सरकारको सफल नेतृत्वको गरेको भन्दै विश्व खवरले सम्मान गरेको हो ।

शैलुङ गाउँपालिका र कालिका गाउँपालिकालाई बागमति प्रदेश सरकार र संघ सरकारबाट समेत सम्मानित भएका थिए ।

विश्व खवरको ५ औं वार्षिकउत्सबको अवसरमा लामो समयदेखी सञ्चार कर्ममा क्रियाशिल रहेको भन्दै टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी, नेपाल टेलिभिजनका अनलाइन सम्पादक शेखर अधिकारी र सञ्चारकर्मी एवं समाजसेवी नीता राउत सम्मानित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया