असार २३, २०८२ सोमबार July 7, 2025

श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रीमण्डल गठन  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः कोलम्बो–संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल गठन  गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल नियुक्त गरेका हुन् ।

राजापाक्षेले सुरुमा आफ्नो मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । तर, उनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेका थिए । तर, उनले अहिले आफ्नो पार्टीका केही सदस्यलाई विभिन्न पदमा पुनः नियुक्त गरेका छन् ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि यो श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । दैनिक १२ घन्टा लोडसेडिङ, खाद्यान्न, औषधि र इन्धनको अभावले चौतर्फी असन्तुष्टि बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया