असोज १५, २०८३ बिहिबार October 1, 2026

१५० वाट फास्ट चार्जर भएको पहिलो स्मार्टफोन सार्वजनिक गर्दै वनप्लस, १७ मिनेटमै फुल चार्ज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आगामी साता वनप्लसले दुई नयाँ मोबाइल सार्वजनिक गर्ने कार्यतालिका छ । जसमा १५० वाट फास्ट चार्जिङ भएको पहिलो फोन समेत समावेश छ ।

नयाँ फोनको रुपमा नोर्ड सीई टु लाइटसँगै वनप्लस टेन आर स्मार्टफोन सार्वजनिक हुनेछन् । वन प्लस नाइन आरटी सार्वजनिक भएको तीन महिना पछि नै वनप्लसले टेन आरटी ल्याउन लागेको हो ।

जसमा १५० वाट सुपर भोक फास्ट चार्जिङ सहित केही अपग्रेडहरू देख्न सकिनेछ । त्यसो त गएको मोबाइल वर्ल्ड कङ्ग्रेसमा ओप्पोले १५० वाट चार्जिङ स्ट्यान्डर्ड बाहिर ल्याएको थियो ।

त्यसपछि अहिले सोही चार्जर अहिले वनप्लस टेन आरटीमा ल्याउन लागिएको हो । यो फोन मिडियाटेक डाइमेन्सटी ८१०० प्लेटफर्म, कोर्टेक्स ए७८ र ए५५ कोरबाट सञ्चालित हुनेछ ।

अवश्य पनि फोनको ब्याट्री चर्चाको मुख्य विषय रहेको छ । जुन १७ मिनेटमै फुल चार्ज हुनेछ । निर्माता कम्पनीले ब्याट्रीको आकार नखुलाएको भए पनि ५००० एमएएचको हुने बताइएको छ ।

तर रोचक कुरा के छ वनप्लस टेन आरका सबै मोडेलका स्मार्टफोनमा भने १५० वाटको चार्जिङ प्रविधि उपलब्ध हुने छैन । जुन हाई इन्ड मोडलहरूमा सीमित हुने र आधारभूत मोडेलहरूमा ८० वाट चार्जर पाउन सकिनेछ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार