असार २३, २०८२ सोमबार July 7, 2025

युक्रेन संकटः राष्ट्रपति बाइडेनले साझेदारहरुसँग छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन संकटबारे साझेदारहरुसँग छलफल गर्ने भएका छन् । राष्ट्रपतिले रुसलाई जवाफदेही बनाउन कसरी समन्वय गर्ने भन्ने विषयमा मंगलबार साझेधारहरुसँग् छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ ।

‘युक्रेनमा हाम्रो निरन्तर समर्थन र रुसलाई जवाफदेही बनाउने प्रयासहरूबारे छलफल गर्न सहयोगी र साझेदारहरूसँग राष्ट्रपतिले भिडियो कल गर्नेछन्’, ह्वाइट हाउसले भनेको छ ।

पछिल्ला दिनमा रुसले आफ्नो हमलालाई पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया