जेठ ५, २०८१ शनिबार May 18, 2024

निर्वाचनको ७२ घन्टाअघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्थानीय तह निर्वाचन हुनु ७२ घन्टाअघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ।

भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुबै देशका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घन्टा (तीन दिन) अगाडिबाट सीमा-नाका बन्द गर्ने निर्णय गरेको हो।

खुला सीमा-नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले तीन दिनअगाडिदेखि सीमा-नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रण लगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए।

बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गरेका थिए।

उक्त बैठकमा प्रजिअ पौडेलसहित सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल लगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया