असार २३, २०८२ सोमबार July 7, 2025

रुसद्वारा युक्रेनको क्रेमिना सहर कब्जा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रुसी सेनाले युक्रेनको पूर्वी लुहान्स क्षेत्रस्थित क्रेमिना सहर कब्जा गरेको छ ।

रुसले युक्रेनको पूर्वी क्षेत्रमा चारै दिसाबाट भीषण आक्रमण गरेपछि क्रेमिना सहर कब्जामा लिएको युक्रेनी पक्षले बताएको छ ।

लुहान्स क्षेत्रका गभर्नर सेर्ही हैडाइलाई उद्धृत गर्दै नियन्त्रित क्रेमिना सहरबाट नागरिकलाई उद्धार गर्ने प्रयास जारी रहेको अन्तर्राष्ट्रिय समाचार माध्यम बिबिसीले जनाएको छ ।

रुसले सोमबार राति मात्रै युक्रेनका १२ सय ६० ठाउँमा आक्रमण गरेको र युक्रेनको डानेट्स्क सहरमा एउटा युक्रेनी लडाकु विमान खसाएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको पूर्वी क्षेत्र कब्जा गर्ने रुसको सपना पूरा नहुने बताउनुभएको छ ।

युक्रेनी सेनाको सुरक्षा घेरा तोड्ने क्षमता रुससँग नभएको अभिव्यक्ति उहाँले दिनुभएको छ ।

यसैबिच, पश्चिमा शक्तिले युक्रेन युद्धलाई लम्ब्याउने काम गरेको रुसका रक्षा मन्त्री सर्गेइ शोइगुले आरोप लगाउनुभएको छ ।

पछिल्लो समय पश्चिमा मुलुकले ठूलो मात्रामा युक्रेनलाई हतियार उपलब्ध गराइरहेकोले युक्रेन युद्ध जटिल बन्दै गएको उहाँले बताउनुभयो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया