बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

म पार्टीमा निहुँमात्र खोज्ने मान्छे होइन : रामचन्द्र पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा आफू निहुँ खोज्ने मान्छे मात्र नभएको बताएका छन् ।

मंगलबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा उनले विगतमा आफू मध्यमार्गी नेताको रुपमा कहलाएको भन्दै अहिले पनि निहुँमात्र नखोजेको बताएका छन ।
‘पार्टीलाई विधिमा चलाउने लडाईं नै हो । यो लडाईमा म विगतमा मध्यमार्गीको रुपमा कहलाएकै हुँ’ उनले भने ‘म निहुँ खोज्नेमात्र व्यक्ति त होइन नि !’

अहिले पार्टीलाई पद्धतिमा अगाडि बढाउने कि लाटलुट हाटहुटमा कब्जा गर्ने भन्ने विषयमा लडाई भइरहेको पौडेलले टिप्पणी गरेका छन ।

कांग्रेसलाई विकृतिमुक्त बनाउन र विधि र पद्धतिमा चलाउनलाई आफूले निरन्तर जोड दिएको उनको भनाइ छ ।

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको कार्यशैलीका विरुद्धमा कांग्रेस एक भएर लड्नुपर्ने बेलामा आन्तरिक कलहमा फस्न नहुने पौडेलले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया