असार २३, २०८२ सोमबार July 7, 2025

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक बिहीबार नेपाल आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्नुहुने भएको छ ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भ्रमणका क्रममा डा. टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उहाँले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट गर्नुहुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया