जेठ ६, २०८१ आइतबार May 19, 2024

सत्ता साझेदारबीच भागबण्डा मिल्यो तर उम्मेदवारको टुङ्गो लगाउन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सत्ता साझेदार दलहरुले पदीय भागबण्डाको टुङ्गो लगाएका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने सत्तारुढ दलबीचको निर्णयअनुसार यहाँस्थित सत्ता साझेदार दलहरुले विभिन्न चरणमा छलफल गरेर बुधबार भागबण्डाको टुङ्गो लगाएका हुन्। एक नगरपालिकासहित यहाँका ९स्थानीय तहमध्ये सात स्थानीय तहको नेतृत्व कांग्रेसले लिने र दुई वटामा भने माओवादी केन्द्रले नेतृत्व लिने भएको छ ।

फुङलिङ नगरपालिकासहित पाथीभरा, याङ्वरक, सिरीजङ्घा, सिदिङ्वा, आठराई त्रिवेणी, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको नेतृत्व कांग्रेसको भागमा परेको छ भने मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ। मेरिङ्देन, मैवाखोला र फक्ताङ्लुङ गाउँपालिका बाहेक सबै ठाउँमा कांग्रेसले नै उपप्रमुखको पद लिने भएको छ ।

सत्ता साझेदार दल नेकपा एकीकृत (समादवादी)ले भने मेरिङ्देन गाउँपालिकाको उपप्रमुखसहित सात वटा वडाको नेतृत्व पाएको बताइएको छ । यस्तै कांग्रेसले ३९, माओवादी केन्द्रले १५ वटा वडाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ। स्थानीय अवस्था र आवस्यकताअनुसार तालमेल गरी भागबण्डाको टुङ्गो लगाइएको दलहरुले बताएका छन्। भागबण्डा भएसँगै आ–आफ्ना उम्मेदवारको टुङ्गो लगाउन दल आन्तरिक कसरतमा जुटेका छन् ।

यता (नेकपा एमाले)ले समेत पाँचवटा स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाएको छ। फक्ताङलुङ ७ बाहेक सबै वडाका अध्यक्ष पदका उम्मेदवारकोसमेत टुङ्गो लागेको उक्त दलले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार