असार २३, २०८२ सोमबार July 7, 2025

जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयका एक अधिकारीले बुधबार जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुग्नु भएको लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।

लिन्डनरले कोरोना पोजेटिभ देखिनुअघि अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका अध्यक्षहरूको जी२० बैठक र जी७ बैठकमा भाग लिनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । जर्मनीले हाल जी७ को अध्यक्षता गर्दै आएको छ । मन्त्री ठिक हुनु भएको र उहाँलाई हल्का लक्षण मात्रै देखिएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । मंगलबार बर्लिनबाट वाशिंगटन र बुधवार वाशिंगटनमा उनको उडान अघिको परीक्षणहरू नेगेटिभ रहेको बताइएको छ । राससएएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया