जेठ ६, २०८१ आइतबार May 19, 2024

स्थानीय तहको निर्वाचनमा निजी क्षेत्रको हेलिकोप्टरसमेत प्रयोग गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत होलिकोप्टर प्रयोग गर्ने भएको छ ।

गृह मन्त्रालयले यही वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रको हेलिकोप्टरसमेत प्रयोग गर्ने भएको हो ।

गृह मन्त्रालयमा शुक्रबार सरकारका प्रतिनिधि र वायुसेवा सञ्चालक संघमा आबद्ध विभिन्न एयरलाइन्सका प्रतिनिधिहरुसँग बसेको बैठकमा सडक नपुगेको दुर्गम स्थानमा मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिकाको ओसारपसारमा निजी हेलिकोप्टर प्रयोग गर्नेबारे छलफल भएको हो ।

स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न सबै प्रकारको सुरक्षाको चाँजोपाँजो मिलाउनका लागि आवश्यक परेमा हवाई सेवा पनि तत्काल उपलब्ध हुनेगरी तैनाथ अवस्थामा राख्न बैठक बसिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

बैठकले ‘स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा हेलिकोप्टर सेवालाई प्राथमिकताका आधारमा प्रयोग गर्ने’ निर्णय गरेको छ । निर्वाचनमा सुरक्षामा निजी हेलिकोप्टर प्रयोग गर्दा वायुसेवा सञ्चालक संघले मिलाएको पालोका आधारमा गरिने प्रवक्ता पोखरेलले बताए ।

बैठममा श्री एयरलाइन्ससँग रहेको एमआई १७ हेलिकोप्टर निर्वाचन प्रयोजनमा कुनै पनि बखत आवश्यक पर्ने भएकाले तैनाथ अवस्थामा राख्ने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया