जेठ ६, २०८१ आइतबार May 19, 2024

मुगुमा मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धन आबद्ध दलहरूको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्ता पक्षीय गठबन्धन आबद्ध दलबीच मुगुमा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने विषयमा सहमति जुट्न सकेन । उनीहरूबीच गठबन्धनबारे सहमति नजुट्दा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको छ ।

यही ३० गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा सत्ता पक्षीय दलबीच तालमेल गरेर चुनावमा जाने केन्द्रले निर्णय गरेपछि मुगुमा पनि तालमेल गर्न दिनहुँ गठबन्धनका नेताहरू जुट्ने गरेका थिए ।

शुक्रबार पालिका प्रमुख र उपप्रमुख बारे सहमति नजिक पुगेका दलबीच शनिबार वडा बाडफाडमा सहमतिमा पुग्न नसकेपछि सत्ता पक्षीय दलसँग मात्र स्थानीय तहमा आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने तर अन्य दलसँग तालमेल गर्न नपाउने, चुनावमा सत्ता पक्षीय दलबीच मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गर्दै बैठक टुंगिएको कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए ।

जिल्लामा सहमति हुन नसकेपछि पालिका स्तरमा सत्ता पक्षीय दलबीच तालमेल हुने विश्वास लिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार