असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रसंघका महासचिवले पुटिन र जेलेन्स्कीसँग भेट गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलिोदिमिर जेलेन्स्कीलाई भेट गर्ने भएका छन् । महासचिव गुटरेसले मंगलबार राष्ट्रपति पुटिनलाई मस्कोमा भेट्नेछन् । गुटरेसले विदेशमन्त्री सर्गेइ लाभरोभसँग पनि भेट गर्नेछन् ।

पुटिन र लाभरोभसँग्को भेटपछि महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् । रूस र युक्रेन दुवै राष्ट्रसंघका संस्थापक सदस्य हुन् ।

युक्रेन युद्ध अन्त्यका लागि राष्ट्रसंघमाथि चर्को दबाब छ । रुस र युक्रेन दुबै राष्ट्रसंघका संस्थापक सदस्यहरू हुन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया