जेठ ६, २०८१ आइतबार May 19, 2024

संविधान सभा सदस्य तथा मधेस प्रदेशका पूर्व राज्यमन्त्री डा. डिम्पल झाको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री, संविधान सभा सदस्य, आयुर्वेद चिकित्सक डा. डिम्पल कुमारी झाको गएराति निधन भएको छ ।

दुर्गाभगवति गाउँपालिका वडा नंं ३ मत्सरी स्थायी घर भएकी डा. झाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाको धर्मपत्नी स्वर्गीय डा. झा विभिन्न अधिकारको आन्दोलनमा सक्रिय भूमिका खेल्नु भएको थियो ।

महिला मैत्री संविधानको निर्माण गराउनमा अहम् भूमिका खेल्नु भएका पूर्व मधेस प्रदेशका पूर्व राज्यमन्त्री डा.झा लामो समय देखि क्यान्सर रोगबाट पीडित भएर लामो समय देखि उपचार गराइरहनु भएपनि उहाँले क्यान्सरलाई पराजित गर्न नसकेपछि निधन भएको छ ।

स्पष्ट एवं प्रखर वक्ताको रुपमा परिचित मधेस प्रदेशका प्रदेश सभा सदस्य डा. झाको निधनले दुर्गाभगवति गाउँपालिका शोकमा डुबेको छ । स्वर्गीय डा. झाको पार्थिव शरीरलाई पैतृक गाउँ मत्सरीमा ल्याएर अन्तिम श्रद्धाञ्जली पछि दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

स्वर्गीय डा झाको श्रीमान्, एक छोरा तथा बुहारी रहेका छन् ।

यसै बीच मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेश सरकारका पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य डा. डिम्पल कुमारी झाको निधनको खबरले प्रदेश सरकार मर्माहत भएको भन्दै श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवार प्रति  गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार