जेठ ६, २०८१ आइतबार May 19, 2024

कांग्रेसले बुटवल मेयरमा पाण्डेलाई उम्मेदवार बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाकाे मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस नगर सभापति रहेका उनलाई दोस्रो पटक मेयरको टिकट दिइएको हो । कांग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राति अबेरसम्म बसेको बैठकले यो निर्णय गरेको हो ।

उनी यसअघि २०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरी मेयरको उम्मेदवार बनेका थिए । तर, एमाले उम्मेदवार शिवराज सुवेदीसँग करिब २४ सय मतान्तरले पाण्डे पराजित भएका थिए ।

यसपाली पनि मेयरको टिकटका लागि बुटवल नगर कमिटीले उनको नाम सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए । एमालेले भने बुटवलमा बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार