जेठ ६, २०८१ आइतबार May 19, 2024

प्रधानमन्त्री देउवाद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाई तथा शुभकामना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उहाँलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिनुभएको हो । प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल–फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनका लागि मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँ अर्को कार्यकालका लागि पुनःनिर्वाचित हुनुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया