असार २३, २०८२ सोमबार July 7, 2025

इथियोपियामा भएको जातीय दंगामा परी बीस जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो ।

अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय दंगामा कम्तीमा पनि २० जनाको हत्या भएको हो ।

यहाँको एक चिहानका विषयलाई लिएर विभिन्न धार्मिक र जातीय समूहका बीचमा विगतदेखि नै विवाद रही आएको र पछिल्लो पटक सो जातीय दंगामा परेर २० जना व्यक्तिको ज्यान गएको हो ।

सो विवादपछि यहाँको एक जातीका मानिसहरु आएर अर्का जातिको समूहका मानिसको आम हत्या नै गरेका बताइएको छ ।

सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको र मारिएको समूहका मानिसरुलाई उद्धारका लागि प्रयास गरिएको बताइएको छ । उक्त क्षेत्रमा विगतदेखि नै जातीय दंगा हुने गरेकाले थप सुरक्षा सतर्कता अपनाइएको भए पनि बुधबार यो आमहत्या भएको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया