असार २३, २०८२ सोमबार July 7, 2025

हाइटीमा दङ्गा भिडन्त : कम्तिमा २० जनाको मृत्यु, हजारौँ विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हाइटीको राजधानी शहर पोर्ट-ओ-प्रिन्समा भएको दङ्गा भीडन्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको छ भने हजारौं विस्थापित भएको हाइटीको नागरिक सुरक्षा निकायले बिहीबार जनाएको छ।

“आइतबार, अप्रिल २४, बिहान ०३:०० बजे [०८:००जिएमटी] बाट, ४०० मावोजो र चेन मेकानका गिरोहहरू बीचको शक्तिशाली झडपले जनसङ्ख्यामा त्रास पैदा गरेको छ। परिणामस्वरूप साना बच्चाहरू भएका परिवारहरू सहित हजारौं मानिसहरू विस्थापित भएका छन्। भर्खरैका प्राप्त रिपोर्टहरू अनुसार अप्रिल २४ – २६ सम्म कम्तिमा २० सर्वसाधारण मारिएका छन् ।

विज्ञप्तिमा झण्डै १० घर जलेको र क्षेत्रीय उद्यम, पसल र विद्यालयले आफ्नो सञ्चालन बन्द गरेको उल्लेख गरेको छ। यसै बीच आगामी दिनमा झडपलाई चर्काउने चेतावनी दिइएको छ ।

अक्टोबर २०२१ मा १७ इसाई मिसनरीहरू १६ अमेरिकी नागरिक र एक क्यानाडाली, पाँच बच्चाहरू सहित -पोर्ट-ओ-प्रिन्स बाहिर अनाथालयको यात्राको क्रममा अपहरण र बन्धक बनाइएको छ। मिसनरीहरूलाई ४०० मावोजो नामक कुख्यात सशस्त्र गिरोहले अपहरण गरेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया