मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ट्वान्टी-२० शृंखलाः नेपाल जिम्बावेसँग ६ विकेट पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जिम्बाब्वेविरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल आइतबार ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्दा नेपाल ६ विकेटले पराजित भएको हो ।

आक्रामक जवाफी ब्याटिङ गरेको जिम्बाब्वे ए विरुद्ध नेपालको अपेक्षा अनुसारको बलिङ चल्न सकेन । जिम्बाब्वेका लागि इनोसेन्ट कायाले ३० बलमा ९ चौकासहित ४७ रन बनाउँदा कप्तान टोनी मुन्योङ्गाले २३ बलमा ७ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले ।

टाडिवान्से मरुमानीले ४१ बलमा ३ चौका र ३ छक्कासहित अविजित ५६ रनको इनिङ खेलेसँगै जिम्बाब्वे जित नजिक पुगेको थियो । यस्तै विकेटकिपर–ब्याटर क्लिभ माडन्डे ८ रनमा आउट हुँदा कुड्जाई मुन्जे ८ र रोए काया ६ रनमा अविजित रहे ।

बलिङ तर्फ नेपाली सिनियर टिममा डेब्यू गरेका बसिर अहमदले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ५० रन खर्चेर एक र करण केसीले ३ ओभरमा ३५ रन खर्चेर एक विकेट निकाले ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरुआत गरेका थिए । ३१ बलको सामना गरेका कुशलले ८ चौकासहित ४६ रनको शानदार इनिङ खेले । यस्तै १६ बलमा एक चौकासहित ९ रन बनाएर आशिफ आउट हुँदा आदिल आलमले २७ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४७ रनको इनिङ खेलेका थिए ।

तेस्रो नम्बरमा क्रिजमा उत्रिएका रोहितकुमार पौडेलले २६ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाउँदा आरिफ शेख ४ बलमा २ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै करण केसी ४ रनमा अविजित रहे । बलिङ तर्फ जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्गवे, ब्रान्डोन माभुता र जोन मसाराले एक–एक विकेट लिए ।

यससँगै नेपालले जिम्बाब्वे ए विरुद्धको तीन ट्वान्टी–२० शृंखला अन्र्तगतको पहिलो खेलबाट हार भोग्दै शृंखलाको सूरुआत गरेको छ । जितसँगै जिम्बाब्वेले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ए सँग शृंखला खेलिरहेको छ । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खल्नेछ । ट्वान्टी–२० पछि नेपालले एकदिवसीय सिरिज त्रिवि मैदानमा नै खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार