असार २३, २०८२ सोमबार July 7, 2025

चीनमा हुने १९औं एसियन गेम्स स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियन गेम्स स्थगित भएको छ । १० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता  कोभिड-१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो ।

चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)ले  विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया (ओसीए)ले १९औं एसियाली खेलकुद  स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताकै लागि नेपालले समेत आफ्नो तयारी सुरु गर्ने तयारीमै थियो । तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारी समेत प्रभावित हुने पक्का भएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया