काठमाण्डौंः बुर्किना फासोको उत्तरी क्षेत्रमा दुईवटा एम्बुस आक्रमणमा परी एघार जनाको.मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
बिहीबार सोले सहरनजिकै भएको पहिलो हमलाले सेनालाई सहयोग गर्ने दुई सैनिक र चार सर्वसाधारणको मृत्यु भएको थियो ।
ओआनोबेमा सोही दिन अर्को आक्रमणमा पाँच अर्धसैनिक सेनाको मृत्यु भएको थियो, सेनाले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया