श्रावण २७, २०८३ बुधबार August 12, 2026

फेसबुकले लोकेसन ट्र्याक गर्ने फिचर हटाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फेसबुकले रियल-टाइम लोकेसनसँग सम्बन्धित केही फिचर बन्द गर्ने भएको छ । कम्पनीले उपलब्ध गराउँदै आएको नियरबाई फ्रेन्ड, वेदर अलर्ट, लोकेसन हिस्ट्री, ब्याकग्राउन्ड लोकेसनजस्ता फिचर प्रयाेगकर्ताले खासै प्रयोग गरिरहेका छैनन् ।

प्रयोगकर्ताले नै नरुचाएपछि कम्पनीले यी फिचर बन्द गर्न लागेकाे हाे । जसले यसअघि यी फिचर प्रयोग गरेका छन्, उनीहरूलाई यही मे ३१ बाट डेटा संकलन बन्द हुनेभन्दै नोटिफिकेसनमार्फत जानकारी दिइएको छ । साथै आउँदो अगस्ट १ भित्र हालसम्म संकलन भएका डेटासमेत सबै डिलिट गरिसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले नियरबाई  फ्रेन्ड,  वेदर अलर्ट, लोकेसन हिस्ट्री, ब्याकग्राउन्ड लोकेसनका लागि लोकेसनको डेटा संकलन बन्द गर्ने भएपनि अन्य प्रयोजनका लागि भने प्रयोगकर्ताको लोकेसन संकलन हुनेछ ।

‘प्रयोगकर्ता सुहाउँदो कन्टेन्ट तथा विज्ञापन उपलब्ध गराउन लोकेसन आवश्यक पर्छ,’ फेसबुकका प्रवक्ताले भनेका छन, ‘त्यो हुँदा लोकेसनको डेटा आवश्यक पर्छ । जुन कुरा कम्पनीको डेटा पोलिसीमै उल्लेख छ ।’ टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार