काठमाण्डौः युवा नेतृ रञ्जु दर्शनाले काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई समर्थन गर्ने भएकी छन् ।
मेयरकी उम्मेदवार सिंहलाई भेटेर दर्शनाले आफ्नो समर्थन रहेको बताएकी हुन् । भर्खरै विवाह बन्धनमा बाँधिएकी दर्शना विवेकशील साझा पार्टीकी नेतृसमेत हुन् । उनी यसअघि २०७४ सालको निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा पराजित भएकी थिइन् ।
तत्कालिन विवेकशील नेपाली दलकी दर्शना काठमाडौं महानगरपालिकाको मेयरमा २३ हजार चार सय ३९ मतका साथ तेस्रो स्थानमा आएकी थिइन् । नेपालमञ्च
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया