कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सप्तरीको हनुमाननगर कंकालिनीमा जनमतले खाता खोल्योः २ पालिकामा अझै अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा सिके राउत नेतृत्वको जनमत पार्टीले प्यानल नै जितेको छ । जनमतका सुरेन्द्र मण्डलले झन्डै पाँच सय मतान्तरले जनता समाजवादी पार्टीका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष जितेका हुन् ।

उनले १६७० मत ल्याए भने निकटतम प्रतिद्दन्दी रहेका जसपा उमेदवारले ११८६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा जनमतकी अनमोला माझीले ११४४, दलित महिला सदस्यमा कौशिलादेवी चमारले १८६८, खुल्ला सदस्यमा उमेशकुमार मण्डलले १७७४ र रुपेशकुमार यादवले १७८३ मत प्राप्त गरी विजयी भए ।

उक्त नगरपालिकाको मेयर र उपमेयर दुबैमा जनमतले अग्रता लिएको छ । मेयरमा वीरेन्द्र माझी ३६१८ र उपमेयरमा रेखादेवी मण्डल ३३५५ मतसहित अगाडि छन् । उनीहरुलाई पछ्याइरहेका जसपाका उम्मेदवार शैलेसकुमार साहले २८०६ र सरितादेवी यादवले ३०१८ मत प्राप्त गरेका छन् । यस्तै नगरपालिकाको अझै ६ वटा वडामा मतगणना हुन बाँकी छ ।

पहिलो पटक चुनाव लडेका सप्तरीका दुई पालिकामा जनमत पार्टी अगाडी छ । हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जनमतका उम्मेदवारले अग्रता लिएका छन् ।

हनुमाननगर कंकालिनीमा जनमतका मेयर उम्मेदवार वीरेन्द्र माझीले सुरुदेखि नै अग्रता लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार