कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

५ सय ९६ पालिकामध्ये कति चुनिए महिला प्रमुख ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः यसपालिको स्थानीय तह निर्वाचनको अहिलेसम्म ५९६ पालिकाहरूको नतिजा आइसकेको छ। यसमध्ये नेपाली कांग्रेसले २६३, एमालेले १६७, माओवादीले १०८, जनता समाजवादी पार्टी (जसपा) ले १८ र एकीकृत समाजवादीले १२ पालिकामा प्रमुख पद जितेका छन्।

त्यस्तै  राप्रपा, नेमकिपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, स्वतन्त्र उम्मेदवार र अन्यले गरी २८ पालिका प्रमुख आफ्नो पोल्टामा पारेका छन्।

देशभरका ७५३ पालिकामध्ये अब १५७ को मात्र नतिजा आउन बाँकी छ। केहीको चाँडै आउँदैछ। तर यीमध्ये एकदमै थोरै पालिकामा मात्र महिलाले प्रमुख पद जितेका छन्। सबै पार्टीका गरी अहिलेसम्म नतिजा आएका पालिकाको ३ प्रतिशतभन्दा कम मात्र महिलाले प्रमुख पद जितेका छन्।

अहिलेसम्म कांग्रेस, एमाले र माओवादीका तर्फबाट १६ महिला गाउँ र नगरपालिका प्रमुख भएका छन्। यसमा पनि पाँच वटा नगरपालिका मात्रै महिला प्रमुखको हातमा परेको छ।

पछिल्लो नतिजाअनुसार कांग्रेसबाट एक नगरपालिकासहित पाँच पालिकामा महिला प्रमुख चुनिएका छन्। त्यस्तै एमालेबाट तीन नगरपालिकासहित आठ पालिकामा महिला प्रमुख चुनिएका छन्। अनि माओवादीबाट तीन जना गाउँपालिका अध्यक्ष चुनिएका छन्। सेतोपाटी

हेर्नुहोस् कुन पालिकामा महिला उम्मेदवार बने प्रमुखः

कांग्रेसः

१. दैलेख, भैरवी गाउँपालिका, रिताकुमारी शाही (४७ वर्ष)

२. नवलपरासी सुस्ता बर्दघाट पूर्व, हुप्सेकोट गाउँपालिका, लक्ष्मीदेवी पाण्डे (५२ वर्ष)

३. खोटाङ, लिखुपिके गाउँपालिका, मिनादेवी कार्की (५४ वर्ष)

४. सप्तरी, सुरूंगा नगरपालिका, गीता चौधरी (४३ वर्ष)

५. बागलुङ, बडिगाड गाउँपालिका, गण्डकी थापा अधिकारी (४२ वर्ष)

एमाले

१. पर्वत, मोदी गाउँपालिका, हिरादेवी शर्मा (५१ वर्ष)

२. सिन्धुली, फिक्कल गाउँपालिका, पार्वती (३७ वर्ष)

३. मोरङ, कानेपोखरी गाउँपालिका, राजमति इंग्नाम (५२ वर्ष)

४. पाल्पा, बगनासकाली गाउँपालिका, सरस्वती दर्माली (४० वर्ष)

५. नवलपरासी बर्दघाट सुस्ता पश्चिम, सुनवल नगरपालिका, विमला अर्याल (५२ वर्ष)

६. रौतहट, मौलापुर नगरपालिका, रिनाकुमारी साह (३७ वर्ष)

७. सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, मोहनमाया भण्डारी (४२ वर्ष)

८. चितवन, माडी नगरपालिका, ताराकुमारी काजी महतो (४६ वर्ष)

माओवादी

१. काभ्रेपलाञ्चोक, चौंरीदेउराली गाउँपालिका, रेनुका चौलागाईं (४३ वर्ष)

२. सिन्धुली, सुनकोशी गाउँपालिका, दिपा बोहोरा (४१ वर्ष)

३. खोटाङ, जन्तेढुंगा गाउँपालिका, अरूणादेवी राई (५० वर्ष)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार