काठमाडौंः जसपाको अध्यक्ष उपेन्द्र यादवले जितेको क्षेत्र सप्तरीमा जसपा पराजित भएको छ । सदरमुकाम राजविराजसहित महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका गरी ४ वटा पालिका रहेको उपेन्द्रको निर्वाचन क्षेत्रमा जसपा पराजित भएको हो ।
राजविराजबाहेक कुनै पनि पालिकामा जसपा विजयी हुन सकेन। राजविराजमा जसपाका भीमराज यादव प्रमुखमा निर्वाचित भएका छन्। अन्य पालिकामा भने जसपा पराजित भएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस, महादेवाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ। छिन्नमस्तामा पनि अत्यधिक मतका साथ लोसपाका उम्मेदवारले अग्रता लिएका छन्। यहाँ दोस्रो नम्बरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया