असोज १४, २०८३ बुधबार September 30, 2026

पठाउने व्यक्तिले थाहा नपाउने गरी यसरी सुटुक्क पढ्नुहोस् फेसबुक मेसेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फेसबुक मेसेन्जर प्रयोग गर्न विभिन्न ट्रिक्स छन् । यी सबै ट्रिक्सबारे हामीले थाहा नहुन सक्छ । कतिपय फिचर मेसेन्जरमै उपलब्ध छन् भने, केही फिचरको प्रयोग वैकल्पिक तरिकाबाट गर्न सकिन्छ ।

फेसबुक चलाउँदै जाँदा आवश्यक-अनावश्यक अनेकथरी मेसेज आउन सक्छन् । तपाईंले त्यस्ता मेसेज पढे/नपढेको कुरा पठाउने मान्छेलाई थाहा हुन्छ ।

आज हामी तपाईंलाई नयाँ कुरा सिकाउँदै छौं । अरूले पठाएकाे मेसेज थाहा नहुनेगरी अर्थात् ‘सिन’ नहुनेगरी हेर्न सकिन्छ ।

यसरी मेसेज हेरिसकेपछि पनि ‘अनसिन’ भयो भने तपाईंले आवश्यक भएमात्र मेसेज रिप्लाई दिन सक्नुहुन्छ । साथै मेसेज पठाउने व्यक्तिलाई ‘इग्नोर’ गरेकोजस्तो पनि हुँदैन ।

त्यसको लागि आफ्नो ब्राउजरमा अनसिन मेसेज फर फेसबुक (Unseen message for facebook) भन्ने एक्स्टेन्सन डाउनलोड गरेर ‘इनेबल’ गर्नुहोस्।

एक्स्टेन्सनले फेसबुक मेसेज हेरेपछि ‘seen’ देखाउने स्क्रिप्टलाई ब्लक गर्छ । यो एक्स्टेन्सनले फेसबुक वेबमा मात्र काम गर्छ । तपाईंलाई आएको मेसेज मेसेन्जरबाट हेर्नुभयो भने ‘सिन’ देखाउँछ ।

यो एक्स्टेन्सनमा तपाईंले लगईन गर्नुपर्दैन । इनेबल गरेपछि यसले सोझै फेसबुकको मेसेज ‘सिन’ हुने स्क्रिप्टलाई डिसेबल गर्छ, जसकारण मेसेज हेर्दा पनि ‘सिन’ देखाउँदैन।  -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार