कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

७ सय २६ स्थानीय तहको नतिजा घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७२६ तहको अन्तिम नतिजा घोषणा भएको छ । अब २७ स्थानीय तहको नतिजा घोषणा हुन बाँकी रहेको आयोगले जनाएको छ ।

आयोगले जेठ ५ गते नै निर्वाचनको मतगणना सक्ने लक्ष्य लिएपनि विभिन्न कारणले गणना लम्बिएको छ । आयोगले १० गतेभित्र सबै तहको नतिजा सकिसक्न पुनः निर्देशन दिएको छ । २७ स्थानीय तहमध्ये अधिकांशको मतगणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं र ललितपुरबाहेक भरतपुर, पोखरा र वीरगन्जको पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

हालसम्मको नतिजाअनुसार सबैभन्दा बढी स्थानीय तह जितेर काँग्रेस पहिलो पार्टी बन्दा एमाले तेस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै जसपा चौथो दल बन्दा एकीकृत समाजवादी पार्टी पाँचौं स्थानमा पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार