कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

पाल्पाका ६ पालिकामा एमाले, ३ मा कांग्रेस र एकमा माओवादी केन्द्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पाल्पाको १० पालिकामध्ये प्रमुख पदमा ६ पालिकामा नेकपा (एमाले) विजयी भएको छ । तीन पालिकामा नेपाली कांग्रेस र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

निस्दी, पूर्वखोला, माथागढी, बगनासकाली, रम्भा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र तिनाउँमा अध्यक्ष पदमा एमाले निर्वाचित भएको छ । निस्दी र पूर्वखोलाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा एमालेकै प्यानल विजयी भएको छ । कांग्रेसले रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुख, तानसेन नगरपालिकाको प्रमुख, रैनादेवीछहरा गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको छ । तिनाउँ र रिब्दिकोट गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् ।

यसपटक पाल्पाका दुई नगरपालिकामा कांग्रेसले विजय हासिल गरेको छ । माथागढी र बगनासकाली अघिल्लो निर्वाचनमा जितेका पालिका कांग्रेसले गुमाउनु परेको छ ।

नेकपा (माओवादी केन्द्र)ले रिब्दिकोट गाउँपालिकाको अध्यक्ष र तानसेन नगरपालिकाको उपप्रमुख र रैनादेवीछहरा गाउँपालिकाको उपाध्यक्षमा जितेको छ । यस पटक पनि जिल्ला समन्वय समिति एमालेकै नेतृत्वमा बन्ने अवस्था देखिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार