कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

हुम्लामा २६ हजार नाै सय ५२ मत बदर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः हालै सम्पन्न स्थानीय तहकाे निर्वाचनमा हुम्लामा २०. ८९ प्रतिशत मत बदर भएको छ । सात गाउँपालिका रहेको हुम्लामा स्थानीय तह निर्वाचन-०७४ मा भन्दा यसपटक चार प्रतिशतभन्दा बढीले मत बदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएकाे छ ।

०७४ सालमा १६ प्रतिशत मत बदर रहेको थियाे । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार २०.८९ प्रतिशत मत बदर भएकाे छ ।

स्थानीय निर्वाचन-०७९ मा कुल बदर मत १५.४६ प्रतिशत पद अनुसारको बदर मत सङ्ख्या रहे पनि पाँच दशमलव ४३ प्रतिशत सबै पदको मत बदर रहेको मुख्य निर्वाचन कार्यालयकाे भनाइ छ । कार्यालयले समग्रमा निकालेको बदर मत विवरणअनुसार सात वटै गाउँपालिकाको सातै पदमा कुल खसेको मत एक लाख ४९ हजार दुई सय ८३ मा २६ हजार नाै सय ५२ मत बदर भएकाे छ ।

बदर मत प्रतिशत औसतमा रहेको भए पनि कुनै मतदान केन्द्रका ३२ प्रतिशतसम्म बदर मत रहेकाे छ । पदअनुसार बदर मत पनि अध्यक्ष उपाध्यक्षमा कम छ । वडा अध्यक्ष र सदस्यहरूमा बढी मत बदर रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार