असोज १४, २०८३ बुधबार September 30, 2026

साओमीको ६००० एमएएच ब्याट्री भएको नयाँ स्मार्टफोन रेड्मी टेन नेपाली बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिनिँया मोबाइल ब्रान्ड साओमीले आफ्नो नयाँ स्मार्टफोन रेड्मी टेन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ यो फोन नेपाली बजारमा ल्याएको हो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पन्डाले उपभोक्तालाई केन्द्र विन्दुमा राखेर उच्च प्रविधि युक्त नयाँ स्मार्टफोन सार्वजनिक गरिएको बताए । “कम बजेटमा राम्रो कार्यक्षमता खोज्नेका लागि रेड्मी टेन सबैभन्दा उत्कृष्ट उत्पादन हो,” उनले भने ।

रेड्मीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० तथा ६ एनएम प्रोसेसर राखिएको छ । यसका साथै फोनमा ६००० एमएएचको ब्याट्री दिइएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने साथमा दुई एमपी डेप्थ क्यामेरा र सेल्फीका लागि ५ मेगापिक्सेल क्यामेरा छ ।

६.७१ इन्चको डिस्प्ले रहेको फोन एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १३ सफ्टवेयरबाट सञ्चालित छ । यो फोन छ जीबीसम्मको र्‍याम र १२८ जीबीसम्मको आन्तरिक स्टोरेज भेरियन्टमा बजारमा आएको हो ।

फोनमा डुअल–ब्यान्ड वाईफाई र ब्लुटुथ ५.०, डाउन–फायरिङ स्पिकर जस्ता विशेषताहरू रहेका छन् । यस किसिमका आकर्षक विशेषता सहितको रेडमी नोट टेन मिडनाइट ब्ल्याक, प्यासिफिक ब्लु, क्यारेबियन ग्रीन गरि तीन फरक कलर भेरियन्टमा उपलब्ध छ ।

नेपालमा रेड्मी टेन ४/६४ जीबी संस्करणको मूल्य १८ हजार ९ सय ९९ र ६/१२८ जीबी संस्करणको मूल्य २१ हजार ९ सय ९९ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार