असोज १४, २०८३ बुधबार September 30, 2026

२१,००० एमएएच ब्याट्री भएको स्मार्टफोन सार्वजनिक, एक पटक चार्ज गर्दा ९४ दिनसम्म टिक्ने !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्मार्टफोनको लोकप्रियता बढ्दै जाँदा उत्पादक कम्पनीहरूबीच नयाँ नयाँ फिचर सहितका स्मार्टफोन सार्वजनिक गर्ने होड चलेको छ । यस्तोमा कम्पनीहरू ब्याट्रीको क्षमता बढाउने, शक्तिशाली चिपसेट तथा क्यामेरा समावेश गर्ने आदि कार्यबाट बजारमा उपभोक्तालाई आफूतर्फ आकर्षित गर्न लागिपरेका छन् ।

यसैबीच डब्लूपी नाइन्टिन नामक एक चिनियाँ स्मार्टफोन निर्माता कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ,२१००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

शक्तिशाली ब्याट्री भएको यो स्मार्टफोन एक पटक चार्ज गर्दा एक हप्तासम्म ढुक्कले चलाउन सकिन्छ । कम्पनीको दाबी अनुसार डब्लूपी नाइन्टिन स्मार्टफोनमा लगातार १२२ घण्टा कल, १२३ घण्टाको अडियो प्ले ब्याक, ३६ घण्टाको भिडिओ प्लेब्याक र २२५२ घण्टा अर्थात ९४ दिनको स्ट्यान्डबाई टाइम दिन्छ ।

यो स्मार्टफोनमा २७ वाटको फास्ट चार्जिङ रहेको यो स्मार्टफोन फुल चार्ज हुन चार घण्टा लाग्दछ । नयाँ अकिटेल एउटा मजबुत स्मार्टफोन हो, जसमा आईपी ६८ तथा आईपी ६९ रेटिङका साथै मिल एसटीडी ८१० जी डस्ट तथा वाटर प्रोटेक्सन रहेको छ । यो फोनमा ६.७८ इन्चको डिस्प्ले दिइएको छ ।

जसमा फुल एचडी प्लस रेजोलुसन तथा ९० हर्जको रिफ्रेश रेट पाउन सकिन्छ । मिडियाटेक हेलियो जी ९५ प्रोसेसर राखिएको अकिटेल डब्लूपी नाइन्टिन आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजका साथ बजारमा आएको हो ।

यो फोनमा पछाडि तर्फ तीन ओटा क्यामेरा राखिएका छन् । जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर र २० मेगापिक्सेलको सोनी नाइट भिजन आईआर मोड्युल रहेका छन् ।

यस बाहेक फोनमा १६ मेगापिक्सेलको सेल्फी शुटर समेत छ । एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा चल्ने यो फोन हाल अलिएक्सप्रेसमा बिक्रीका लागि उपलब्ध छ । जसको मूल्य ६९४ युरो अर्थात करिब ९२ हजार रुपैयाँ राखिएको छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार