कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

दार्चुला जिल्ला समन्वय समिति निर्वाचन जेठ ३० गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उक्त समितिको चुनाव गर्नुपर्ने प्रावधानअनुसार निर्वाचनका लागि मिति तय गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यकाअनुसार नौ सदस्यीय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक सदस्य र तीन खुला सदस्य हुनेछन् । निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार निर्वाचित कार्यतालिका सार्वजनिक गरेकामा आज मतदाता नामावली प्रकाशन, भोलि मतदाता नामावली सच्याउने तथा छुटेको भए सच्याउने, २४ गते संशोधित नामावली प्रकाशन, २५ गते दाबी विरोध, २६ गते उजुरीमाथि छानबिन गरी २७ गते अन्तिम नामावली प्रकाशन गरिने भएको छ । जेठ २८ गते उम्मेदवारी मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन, उम्मेदवार विरुद्ध दाबी विरोधको जाँच हुनेछ ।

यस्तै जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ३० गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्लामा समन्वय समितिका पदाधिकारीको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता छ । नौ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार छ ।

स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेकाले समन्वय समितिको निर्वाचनमा पनि दुवै दलले गठबन्धन गर्ने सम्भावना छ । दुवै दलले गठबन्धन गरेमा उनीहरूसँग स्पष्ट बहुमत पुग्छ । जिल्लामा (नेकपा माओवादी केन्द्र)को चार स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुखसहित छ मतभार छ भने काँग्रेसको चार वटा स्थानीय तह उपप्रमुखसहित चार मतभार छ ।

नेकपा एमालेको पाँच स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुखसहित आठ मतभार रहेको छ । नेकपा माओवादी केन्द्रले अपिहिमाल, नौगाड, मार्मा र लेकम गाउँपालिकामा अध्यक्ष र मालिकार्जुन र व्यास गाउँपालिका उपाध्यक्ष पद जितेको छ । काँग्रेसले अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एमालेले महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा प्रमुख तथा उपप्रमुख, व्यास, दुहुँ मालिकार्जुन गाउँपालिकामा अध्यक्ष र लेकम गाउँपालिका उपाध्यक्ष जितेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार
मिथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै
२०८३ कार्तिक ३०, सोमबार