असोज १४, २०८३ बुधबार September 30, 2026

एचडीडी वा एसएसडी, तपाईंका लागि कुन उपयुक्त ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आफ्नो कम्प्युटरका लागि उपयुक्त स्टोरेज छान्नु तपाईंका लागि सजिलो काम नहुन सक्छ । स्टोरेजको क्षमता र मूल्यलाई मात्र आधार मानी यसको निर्क्यौल गर्न कठिन हुन्छ ।

कुन स्टोरेजले कस्तो पर्फर्मेन्स दिन्छ, पावर कति खपत गर्छ र यसको विश्वसनीयता कस्तो छ भनेर थाहा पाउन जरूरी हुन्छ । हामीसँग भएका दुई मुख्य स्टोरेज विकल्पमा हार्ड डिक्स ड्राइभ (एचडीडी) र सोलिड स्टेट ड्राइभ (एसडीडी) हुन् ।

आज हामीसँग यी दुईबीच तुलना गर्दैछौं, जसबाट तपाईंलाई उपयुक्त स्टारेज छान्न सहज हुनेछ ।

क्षमता 

ल्यापटप वा डेस्कटप कम्प्युटरका लागि एसएसडी र एचएचडी दुवै समान क्षमताका साथ तपाईंले बजारमा पाउन सक्नुहुन्छ । अधिकांश कम्प्युटरहरुमा एक टीबी वा दुई टीबीभन्दा माथि क्षमताको हार्डड्राइभ हुँदैन ।

यता २ टीबीभन्दा माथिको एसएसडी पाउन मुस्किल हुन्छ । तर यही क्षमताको एचडीडी भने धेरै हुन्छन् । त्यत्तिकै सस्तो पनि । यसर्थ यदि तपाईंलाई उच्च क्षमताको स्टोरेज आवश्यक छ भने एचडीडी तपाईंका लागि राम्रो अप्सन बन्न सक्छ ।

मूल्य 

एसएसडीको मूल्य पछिल्ला केही वर्षमा निकै घटेको छ । २ टीबीसम्म क्षमतामा पाउनका लागि तपाईंले अतिरिक्त खर्च गर्नुपर्दैन । तर एचडीडी त झन् अझै सस्तो मूल्यको प्रविधि हो ।

एउटा दुई टीबीको एसएसडीलाई २० देखि २५ हजार रुपैयाँसम्म पर्छ भने त्यही क्षमताको एचडीडी ७/८ हजार रुपैयाँमा पाउन सकिन्छ । जबकि ५१२ जीबीको एसएसडीका लागि मात्र तपाईंले ५० डलर अर्थात ८-१० हजार रुपैयाँ खर्च गर्नुपर्छ ।

एचडीडी सस्तो हुन्छ । त्यसैले ठूलो क्षमताको खरिद गर्नु नै फाइदाजनक हुन्छ ।

 विश्वसनीयता

एसएसडीमा हलचल हुने पुर्जा हुँदैनन् । जसले गर्दा एसएसडी निकै नै किफायती हुन्छ । यो झर्दा, वा फाल्दा समेत टुट्ने फुट्ने किसिमको हुँदैन । पुरानो हुँदै जाँदा र धेरै प्रयोग गर्दा पनि यसमा मेकानिकल समस्या आउँदैन । यसकारण एसएसडी एचडीडीको तुलनामा धेरै विश्वसनीय हुन्छ ।

तर याद गर्नुपर्ने अर्को कुरा भनेको एसएसडीमा सीमित पटक मात्र राइट गर्न मिल्छ । त्यसैले यसमा धेरैपटक डेटा राइट गरियाे भने यो बिग्रिनसक्छ ।

एसएसडी प्रविधिमा अहिले सुधार भएको छ । अपरेटिङ सिस्टम पनि अझै स्मार्ट भएक‍ा छन्, जसले डिभाइसमा डेटा कसरी राइट गर्ने भन्ने कुरा बुझाउन मद्दत गरेको छ ।

 पर्फमेन्स

जब तपाईं एचडीडीबाट एसएसडीमा जानुहुन्छ, तब यी दुईबीचको पर्फमेन्स लेभल निकै फरक पाउनुहुनेछ । परम्परागत हार्ड डिस्क ड्राइभमा विन्डाेज कम्प्युटर बूट अर्थात स्टार्ट वा रिस्टार्ट हुन धेरै समय लाग्छ ।

एसएसडीबाट हुने बुटिङ सेकेण्डमा मापन गर्न सकिन्छ । एसएसडीबाट गरिने जुनसुकै काम पनि एचडीडीमा भन्दा छिटो हुन्छ । फाइल पढ्ने, सेभ गर्ने, एप स्टार्ट गर्ने आदि सबै काम यसमा छिटो रुपमा सम्पन्न हुन्छन् । तसर्थ एसएसडीहरु फास्ट हुन्छन् । साथै समयसँगै एचडीडी जस्तो एसएसडी स्लो डाउन भएर पनि जाँदैन । ड्राइभ फुल हुँदा समेत यसको पर्फमेन्स सधैं उस्तै रहन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार