कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

युवालाई स्वदेशमै रोजगारी दिने विषय साझा : मन्त्री पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः युवा तथा खेलकुद मन्त्रीका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले युवालाई स्वदेशमै रोजगारी दिने विषय साझा विषय भएको बताउनुभएको छ ।

मङ्गलबार सांसदका जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले युवालाई स्वदेशमै रोजगारी दिने विषय साझा विषय भएको र यसमा विभिन्न मन्त्रालयअन्तर्गत धेरै कार्यक्रम रहेको बताउनुभयो ।

साथै उहाँले बजेटमा भएका एक विद्यालय एक मैदानलगायत कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु हुने बताउँनुभयो । उहाँले नर्सिङ पढाइलाई अझै स्तरीय बनाउन नयाँ मापदण्ड लागू गरिएको स्पष्ट पार्नुभयो । सो विषयका सम्बन्धमा सांसद बिमला विश्वकर्मा, डिला सङ्ग्रौला पन्त, प्रेम सुवाल, मनकुमारी जिसी, सरिताकुमारी गिरी, रेनुका गुरुङ, मीना सुब्बा, मैनाकुमारी भण्डारीले स्पष्टिकरण माग गर्नुभएको थियो ।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ ।

प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, सहरी विकास, कृषि तथा पशुपक्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, खानेपानी, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार
मिथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै
२०८३ कार्तिक ३०, सोमबार