असोज १४, २०८३ बुधबार September 30, 2026

मोबाइल र इन्टरनेट सेवाको गुणस्तर मापन गर्दै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नियामक नेपाल दूरसञ्चार प्राधिकरणले देशभर मोबाइल तथा इन्टरनेटको गुणस्तर मापन गर्ने भएको छ । पछिल्लो समय मोबाइल सेवाको गुणस्तर मापदण्ड पूरा गर्न सबै टेलिकम कम्पनी असफल हुँदै आएका छन् ।

साथै मोबाइल तथा डेटाको गुणस्तरका विषयलाई लिएर गुनासो समेत बढिरहेकाे छ । यही सन्दर्भलाई लिएर प्राधिकरणले गत पुसको अन्त्यमा परामर्शका लागि आशयपत्र माग गरेको थियो ।

प्राधिकरणले कूल १८ हजार किलोमिटर समेट्नेगरी तीन प्याकेजमा यो परियोजना अघि बढाएको थियो, जसमा पहिलो प्याकेज अन्तर्गत प्रदेश १ र मधेस प्रदेश, प्याकेज २ मा बागमती र गण्डकी प्रदेश तथा प्याकेज ३ मा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश समेटिनेछन् ।

प्राधिकरणले परियोजना तीन ओटा प्याकेज छुट्याए पनि पहिलो चरणमा छनोट हुने कम्पनी भने सबैमा एउटै छन् । छनोट हुनेमा महाकाली मेची टक्नोलोजी, इन्क्ल्युसिभ-एभरेष्टको जेमी, टीसीएन–माइलस्टोनको जेभी र महारुद्र-सिनर्जीको जेभी रहेका छन् ।

प्राधिकरणका अनुसार मोबाइल सेवा अन्तर्गत सबै सेवा प्रदायकको भ्वाइस, एसएमएस तथा डेटाको गुणस्तर ड्राइभ टेस्टका आधारमा मापन गरिने छ, जसमा परामर्शदाताले ग्रामीण तथा सहरी भेगका साथै राजमार्ग तथा सहायक राजमार्गमा समेत परीक्षण गर्नुपर्ने छ ।

त्यसका लागि कम्पनी आफैंले सिस्टम ल्याएर मोबाइल सेवाको गुणस्तर मापन गरी दूरसञ्चार प्राधिकरणलाई प्रतिवेदन बुझाउनुपर्ने जनाइएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार