असोज १४, २०८३ बुधबार September 30, 2026

विश्व स्मार्टफोन बजारमा आईफोन १३ हावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एप्पलको पछिल्लो उत्पादन आईफोन १३ सिरिजका उत्पादन कम्पनीका लागि सबैभन्दा उपलब्धिपूर्ण सावित भइरहेको छ । सार्वजनिक भएको नाै महिना बितिसक्दा पनि आईफोन १३ सिरिजका स्मार्टफोनले विश्वको स्मार्टफोन बजारमा राम्रो गरिरहेको अध्ययनले देखाएको छ ।

स्मार्टफोनको बजार अध्ययन गर्ने संस्था काउन्टरपइन्टका अनुसार विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने उत्कृष्ट १० स्मार्टफोनको सूचीमा पहिलो चार स्थान आईफोनले ओगटेको छ । गएको अप्रिलसम्मको तथ्याङ्क अनुसार सूचीको पहिलो नम्बरमा आईफोन १३ रहेको छ ।

आईफोन १३ ले ५.५ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै दोस्रो नम्बरमा आईफोन १३ प्रो म्याक्स, तेस्रो नम्बरमा आईफोन १३ प्रो र चौथौ नम्बरमा आईफोन १२ रहेका छन् । जसले क्रमश ३.४, १.८ र १.६ प्रतिशत बजार हिस्सा ओगटेको उल्लेख छ ।

यो सूचीको पाँचौ नम्बरमा सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा रहेको छ । सामसङ ग्यालेक्सी एस२२ अल्ट्राले १‍.५ प्रतिशत बजार ओगटेको छ । त्यस्तै छैटौं र सातौं नम्बरमा क्रमश सामसङ ग्यालेक्सी ए१३ र आईफोन एसई २०२२ रहेका छन् ।

ग्यालेक्सी ए०३ कोर, ग्यालेक्सी ए५३ फाइभजी र रेड्मी नोट ११ एलटीई समेत यो सूचीमा छन् ।यसरी हेर्ने हो भने आईफोन स्मार्टफोन बजारमा हावी हुँदै आएको छ । अबको केही समयपछि आईफोन १४ को तयारीमा रहेको एप्पलका लागि यो निकै ठूलो उपलब्धि हो ।

यसले आगामी दिनमा आईफोनलाई विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्डको रुपमा स्थापित गर्न मद्दत पुर्‍याउने आँकलन गरिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार