असोज १४, २०८३ बुधबार September 30, 2026

इन्टरनेट बिना जीमेल प्रयोग गर्ने तरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गुगलको जीमेल विश्वको सबैभन्दा बढी प्रयोग भएको ईमेल सेवा हो भन्दा फरक नपर्ला । गुगलले यसमा आकर्षक फिचरहरू ल्याएर नयाँ परिवेशमा नयाँ सेवाको आभास गराइरहन्छ ।

माउन्टेन भ्यूस्थित गुगलप्लेक्सले जीमेललाई अफलाइन प्रयोग गर्न सकिने बनाएको छ । सामान्य अर्थमा भन्दा अब इन्टरेनट कनेक्सनबिना नै जीमेल प्रयोग गर्न सकिने भएको छ ।

आज हामी जीमेललाई कसरी अफलाइन प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं ।

गुगललाई यसरी अफलाइन मोडमा प्रयोग गर्नुहोस्

विभिन्न किसिमका इमेल सेवा जस्तै जीमेल, याहू, आउटलुक, हटमेल आदिको प्रयोग गर्न इन्टरनेट अनिवार्य हुन्छ । इन्टरनेट भएको खण्डमा मात्र प्रयोगकर्ताले नयाँ मेल हेर्न, आफूले मेल पठाउन र मेल रेस्पोन्ड गर्न सक्छन् ।

अब जीमेलका प्रयोगकर्ताले अफलाइन मोड इनेबल गरेको खण्डमा इन्टरनेटको प्रयोगबिना नै केही फिचरमा एक्सेस पाउन सक्नेछन् । जीमेलको अफलाइन मोड प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

सबैभन्दा पहिले आफूलाई आवश्यक परेको डिभाइसमा जीमेल अकाउन्ट खोल्नुहोस् । (हाल यो सेवा मोबाइल एप्लिकेसनमा उपलब्ध छैन । यो विन्डोज, म्याक र लिनक्सजस्ता अपरेटिङ सिस्टममा उपलब्ध छ ।)

-त्यसपछि माथि दायाँपट्टि देखाइएको सेटिङको आइकनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि सी अल सेटिङको अप्सनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि  जेनेरल, लेबल, इनबक्स अप्सन भएका ठाउँको अन्तिमतिर अफलाइनको अप्सन देख्न सकिन्छ । त्यसैमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि इनेबल अफलाइन मेलमा टिक लगाउनुहोस् ।
  • त्यसपछि तल रहेको डाउनलोड अट्याचमेन्ट अप्सनलाई इनेबल गर्नुहोस् ।
  • त्यसपछि आफ्नो आवश्यकता अनुसार डेटा कम्प्युटरमा स्टोर गर्ने वा अफलाइन डेटा हटाउने भन्ने छान्न सक्नुहुन्छ ।

यदि अफलाइन मोड इनेबल गरियो भने जीमेलले स्वतः पछिल्ला इमेलहरू अफलाइन एक्सेसका लागि सिंक गर्छ । अफलाइन मोड इनेबल गरियो भने मेल पठाउने बित्तिकै जान्छ भन्ने चाहिँ हुँदैन ।

तपाईंको डिभाइसमा इन्टरनेट कनेक्सन नभएको अवस्थामा यसले तपाईंले पठाउन लागेको ईमेललाई आउटबक्समा राख्छ । जतिबेला तपाईंको डिभाइस इन्टरनेटसँग कनेक्ट हुन्छ त्यसपछि ईमेल पठाउन चाहेको व्यक्तिले पाउँछ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार